नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


१६ श्रावण २०७९, सोमबार १६:२५ मा प्रकाशित

काठमाडौँ ।  नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ८५ पिसिआर परिक्षणका क्रममा ६ सय ३२ जना र २ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६४ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here