प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि पूर्वेली युथ क्लबको पोल्टामा


२८ जेष्ठ २०७६, मंगलवार २२:५० मा प्रकाशित

झापा ।  बिर्तामोडमा सम्पन्न प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि पूर्वेली युथ क्लबले जितेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० ले हराउँदै विर्तामोडको पूर्वेली युथ क्लब च्याम्पियन भएको हो ।दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो ।

फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए ।प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भूजेल, बेस्ट फरवाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित भए ।

मस्ट भ्यालुयवल खेलाडी पूर्वेलीका योगेश गुरुङभए भने उदयीमान खेलाडीको पुरस्कार आयोजक रेड स्टार फुटबल क्लबका गोल किप्पर शौरभ गुरुङलाई प्रदान गरियो ।त्यस्तै, सर्वाधिक गोलकर्ता रेड स्टारकै शक्ति राई बने ।उनले एकै खेलमा ह्याट्रिक गरेका थिए ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेता पूर्वेलीले नगद १ लाख ५१ हजार १११, ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको पाञ्चायनले ७५ हजार १११ रुपैँया चित्त बुझायो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here