काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउदै महत्वपूर्ण काम गरेको बताउनुभएको हो । मन्त्रीको कामको आलोचना वा टिकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाको रुपमा लिएको पनि उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारलाई असफल भयो भनेर भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताउनुभयो ।
श्रेष्ठले परराष्ट्र मन्त्रालयले एसपिपी अस्विकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि जानकारी दिनुभयो ।





