इलाम नगरपालिका ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ ।
मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।इलाम नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालकाअनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप चुढाएर हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।
आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल घटनास्थल तर्फ लागेको छ । आगो के कारणले लागेको भन्ने बारेमा यकीन हुन सकेको छैन।





