काठमाडौ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउनुभएको छ ।
दुई दिने भ्रमणका लािग सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौँ आइपुग्नुभएको हो । नेपाल भ्रमणमा रहदा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै उहाँ एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ । सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित भएको नेपालस्थीत अमेरिकन दुतावासले जनाएको छ ।





