देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालको निर्देशन


१२ श्रावण २०७९, बिहीबार १६:५० मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिनुभएको छ ।

पार्टी स्कुल बिभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रुपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उदेश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

सिद्धान्त र व्यवहारकोबीचमा खाडल नराखि इमान्दारीतापूर्वक देश र जनताप्रति समर्पित हुनुपर्ने उहाको भनाई छ । अध्यक्ष नेपालले बिगतमा भएका त्रुटीहरुलाई सच्चाई आफुसंग भएका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । पार्टीले अघि सारेका बिचारहरुलाई स्थापीत गर्दै सवै प्रदेशमा स्कुल बिभागहरु गठन गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा स्कुल बिभागको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here