लागुऔषध सहित एक जना पक्राउ


१२ श्रावण २०७९, बिहीबार १६:३६ मा प्रकाशित

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् ।

आज दिनको साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मानन्धरलाई नाईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here