काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताउनुभयो ।
उहाले औपचारिक र अनौपचारिक रुपमा समितिले छानविनका बिषयमा छलफल गरेर समान धारणा बनाउने दावी गर्नुभयो । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उहाँको भनाइ छ ।
सचिव अर्यालले बिहीबार साढे १२ बजे पुन बैठक बस्ने जानकारी दिनुभयो ।





