महिला उद्यमीसंग कर शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


११ श्रावण २०७९, बुधबार १९:१८ मा प्रकाशित

 भरत प्रसाई । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले राज्यलाई कर बुझाउनु नागरिकको दायित्व भएको बताउनु भएको छ ।


नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा बुधबार झापाको बिर्तामोडमा आयोजित महिला उद्यमीसंग कर शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो  ।

आन्तरिक राजश्व कार्यलय भद्रपुरले सहजीकरण गरेको कार्यक्रममा झापा भरीका उद्यमी महिलाको सहभागिता रहेको थियो । संघकी अध्यक्ष पार्वता खरेल विमलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस किसिमको अन्तरक्रियाले महिला उद्यमीहरुलाई करको दायरा, प्रभाव र आवश्यकताको विषयमा शिक्षा प्रदान गर्ने बताउनुभयो ।

नेपाल चेम्वर कर्मशका केन्द्रीय सदस्य ओमकृष्ण विमलीले राज्यले करको दायरा बढाएर उद्यमीको ढाड सेक्ने काम गरेको बताउनुभयो । सूर्योदय टेलिभिजनका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले उद्यमीका समस्या र कर सम्बन्धी कार्यक्रम उत्पादन टेलिभिजन क्रियाशील रहने बताउनुभयो ।

करको दायरामा नागरिकलाई ल्याउन यस्ता किसिमका कार्यक्रम फलदायी हुने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताउनु भयो ।

कर अधिकृतहरु सुरेशकुमार महतो, पुनिता झा र कर्मचारी यशकुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here