सवारी दुर्घटनामा परी एक जनाको मृत्यु


११ श्रावण २०७९, बुधबार १३:०७ मा प्रकाशित

मोरङ । मोरङको बेलवारी नगरपालिका ८ पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी १ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here