जनार्दन शर्मामाथि छानबिनका लागि बनेको समितिले आज प्रतिवेदन तयार गर्ने


११ श्रावण २०७९, बुधबार १२:४६ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आज बुधबार प्रतिवेदन तयार गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको दोश्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सिसिटिभि फुजेटका बारेमा जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।

सिसिटिभि फुटेजका बिषयमा विज्ञहरुसंग जानकारी लिएको र सवै बिषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । बुधबार बस्ने बैठकमा यस बिषयमा पुन छलफल हुने र साथसाथै प्रतिवेदनमा पनि लेखिने उहाँले जानकारी दिनुभयो । उहाँले अव समितिको म्याद थप गर्न पहल नगरिने समेत स्पष्ट पार्नुभयो ।

सुरुमा १० दिनको समय पाएको समितिलाई छानविनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here