पैनीले बगाउँदा बालकको मृत्यु


११ श्रावण २०७९, बुधबार १३:१२ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ ।

आज बिहान साँढे ९ बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भनी जानकारी प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here