कङ्गोमा भएको प्रदर्शनमा झडप हुँदा १५ जनाको ज्यान गयो, ५० घाइते


११ श्रावण २०७९, बुधबार १२:३१ मा प्रकाशित

झापा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ ।

झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् । ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।

गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएका छन् ।

कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।

प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here