झापामा एक पुरुष जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिए


११ श्रावण २०७९, बुधबार १०:४४ मा प्रकाशित

झापा । तीन जना किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटना सेलाउन नपाउँदै झापामा अर्का एक जना पुरुष जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

झापाको चारआली जंगलमा झुन्डिएको अवस्थामा ती पुरुष मृत फेला परेका हुन् ।

ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल मंगलबार दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो ।

प्रहरीले उनको मोबाइल फोन ट्रयाकिङ गर्दै खोजतलास गरेपछि उनलाई बरको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो।

उनको साथमा रहेको नगद तथा मोबाइल फोन सुरक्षित अवस्थामा भेटिएको कुँवरले बताउनुभयो। उनको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको र घटनाको अनुसन्धान भइरहेको कुँवरले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here