राष्ट्रपतिद्धारा स्पेन, रुस र डेनमार्कमा राजदूत नियुक्त


१० श्रावण २०७९, मंगलवार १२:५० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गर्नु भएको छ ।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here