काठमाडौं । तीन दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउनु हुने भएको छ।
स्थानीय तहको निर्वाचनपछि ओली तीन दिनका लागि गृह जिल्ला झापा आउन लाग्नु भएको हो ।
पार्टीका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुनेछ ।
साउन ११ गते देखि १३ गतेसम्म अधयक्ष ओली झापामा बस्नुहुनेछ । ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर अध्यक्ष ओली विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ । ११ गते अध्यक्ष ओली विर्तामोडमै बस्नुहुनेछ ।
१२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो । उहाँका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
१०.३० बजे गौरादह नगरकमिटीका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ । १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी दुवै भेटघाट होटल कामाक्षमा आयोजना गरिएको छ ।
दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्ष भन्दा माथीका जनप्रतिनिधी,जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । यो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा हुनेछ ।
अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग भेटघाट,६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ। सो दिन अधयक्ष ओली दमकमै बस्नुहुनेछ ।
१३ गते ९ बजे पार्टी निकट व्यवसायीसँग भेटघाट, १० बजे अनेम संघका नेता कार्यकर्तासँग भेटघाट,११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
दिउसो १.३० बजे विर्तामोडमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली अपरान्ह ५ बजे काठमाडौं फर्कने कार्यक्रम तय गरिएको छ ।





