रुपन्देही कल सेन्टरमा प्रहरी छापा


८ श्रावण २०७९, आईतवार १८:५१ मा प्रकाशित

काठमाडौँ । प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका –२,जानकी नगरमा स्थित एक कल सेन्टरमा छापा मारेको छ ।

प्रहरीले आईतवार गोप्य सुचनाका आधारमा उक्त कल सेन्टरमा अवैध काम हुने गरेको सूचना पाएपछि छापा मारेको हो । चिनिया र भारतीय नागरिकको लगानीमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्याप पार्ने गरेको प्रहरीले जनाएको छ ।

कल सेन्टरबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताउनुभयो । सो कल सेन्टरमा १५० जना काम गर्ने युवा–युवती रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त कल सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here