गठबन्धनका नाममा कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सक्दैनौं – नारायणकाजी श्रेष्ठ


७ श्रावण २०७९, शनिबार १४:३२ मा प्रकाशित

 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताएका छन् ।

नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत नेपाली कांग्रेसलाई साथ दिएको भन्दै नेता श्रेष्ठले गठबन्धनको नाममा सधैं बलजफ्ती स्वीकार्न नसक्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्’ श्रेष्ठले शनिबार दिउँसो फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here