चितवनकाे इच्छाकामनामा पहिराे गएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी बन्द


७ श्रावण २०७९, शनिबार ११:५० मा प्रकाशित

चितवन   ।  चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा पहिराे गएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज बिहान माथिबाट पहिरो खस्दा दुईतर्फी नै सडक बन्द भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएकाे छ । जसका कारण यात्रुले सास्ती बेहाेर्दै आउनुपरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here