भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित


६ श्रावण २०७९, शुक्रबार ०८:२२ मा प्रकाशित

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ ।

मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

१० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख ७७ हजार मत प्राप्त गर्दै विजयी हुनुभएको हो । तेस्रो चरणको मत गणनामा ५० प्रतिशत मत पाउनुभएको थियो । विपक्षी दलका सिन्हाले २ लाख ६१ हजार मत पाउनुभएको छ ।

यसैबीच, राष्ट्रपतिमा विजयी भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई बधाई दिनुभएको छ । मुर्मूको निवासमा पुगेर प्रधानमन्त्री मोदीले बधाई दिनुभएको हो । मोदीले भारतले नयाँ इतिहास रचेको प्रतिकृया दिनुभएको छ ।

भारतीय जनता पार्टी (भाजपा) ले विभिन्न स्थानमा विजय जुलुस निकालेको छ । राष्ट्रपतिको रुपमा मुर्मूले २५ तारिख अर्थात सोमबार सपथ लिनुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here