कार्यालय समयमा श्रीअन्तुमा भेटियो सरकारी गाडी, कार्यालयको प्रयोजनमा नभइ मोजमस्तीमा प्रयोग


४ श्रावण २०७९, बुधबार २०:१३ मा प्रकाशित

झापा । बुधबार दिउँसो १२ बजे नै एउटा सरकारी गाडी इलामको श्रीअन्तु पुगिसकेको थियो ।

श्रीअन्तु पुगेका सबैले सोचे कुनै कार्यालयको गोष्ठी वा अन्य कुनै कार्यक्रमका लागि कर्मचारी वा सरोकारवाला बोकेर त्यो गाडी त्यहाँ पुगेको थियो।

तर केही बेरमै त्यो अनुमान छताछुल्ल भयो। गाडी रोकेको केही पर रहेको होटलबाट आवाज आयो ‘ह्याप्पी बर्थडे टु यु।’ त्यो हल्ला आएको ठाउँमा सोही सरकारी गाडीमा मानिसहरू रहेका थिए।

उक्त सरकारी गाडी बा. २ झ १६८० नम्बरको गाडी कुनै सरकारी प्रयोजनका लागि श्रीअन्तु पुगेको थिएन । फेरि बुधबार कुनै सरकारी विदा पनि थिएन।

अपराह्न करिब ३ बजेतिर उक्त गाडीको डालामा त्यही गाडीमा आएका बालबच्चा खेलिरहेका थिए । कुनै सरकारी कार्यक्रमको प्रयोजन बेगर व्यक्तिगत सोखका लागि उक्त सरकारी गाडी श्रीअन्तु लगेको पाएपछि तस्वीरहरू खिच्नेले सूर्योदय अनलाइनलाई तस्वीर उपलब्ध गराएका छन्।

तस्वीर र भिडियो सूर्योदय अनलाइनसंग सुरक्षित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here