‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को प्रस्ताव सर्वसहमतले पारित


४ श्रावण २०७९, बुधबार १९:१३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गर्नुभएको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै बैठकले विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस” भनी प्रस्ताव पारित गरेको छ भने ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक पनि पारित गरेको छ ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश समेत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here