राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


५ श्रावण २०७९, बिहीबार ०८:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो ।

बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिनु भयो ।

यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here