नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि


४ श्रावण २०७९, बुधबार १९:०३ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै थप ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here