जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासंग छलफल गर्ने


४ श्रावण २०७९, बुधबार १८:५४ मा प्रकाशित

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासंग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसंग छलफल गरेको थियो भने बिहीबार शर्मासंग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै बिहीबार समिति गठन गरिएको १० दिन पुरा हुने भएकाले केहि दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

समितिले छानविनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसंग आग्रह तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here