स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्न योगदान गरेको छ : दिनेशकुमार थपलिया


४ श्रावण २०७९, बुधबार १५:३२ मा प्रकाशित

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्न थप योगदान गरेको बताउनुभएको छ ।

आम निर्वाचन पर्यवेक्षण समितिले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले संघीयतालाई बलियो रुपमा कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनले ठूलो भूमिका खेलेको बताउनुभएको हो ।

उहाँले प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गर्नुभयो । अव स्थानीय तहको कार्यकालको विवाद नहुने भन्दै पाँच बर्ष अवधि सकिनुभन्दा पहिले नै निर्वाचन गर्न सकिने उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले लैङ्गिक र समावेशिताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको बताउनुभयो ।

कार्यक्रममा थपलियाले निर्वाचनका लागि मतदाताको बिश्वास जित्नुपर्छ भन्ने जबरजस्त धारणा स्थानीय निर्वाचनले स्थापीत गरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here