नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने


४ श्रावण २०७९, बुधबार १५:२५ मा प्रकाशित

काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका गठन गरिएको १४ उपसमिति मध्ये १२ उपसमितिको संयोजक र सचिवहरु तोकिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले बुधबार पत्रकार सम्मेलन गर्दै १२ उपसमितिको संयोजक र सचिव तोकिएको जानकारी दिएको हो । (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको बाँकी दुईको चाडैं तोकिने जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालाई भव्य बनाउन समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारिङ्गन निरौलालाई जिम्मा दिइएको छ ।

त्यस्तै अनुशासन उपसमितिको संयोजकमा पेमा लामा, सचिवमा नारायणराज अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा, सचिवमा डा ज्ञानेद्र बिक्रम शाह तोकिएको छ । घिसिङले अन्य पूर्वाधार तयारीको काम पनि जारी रहेको जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने प्रक्रिया समेत अघि बढेको उहाँले बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने छ । प्रतियोगितामा ३६ खेलहरु आयोजना हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here