कम्युनिष्ट पार्टीबीच फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली


४ श्रावण २०७९, बुधबार १५:४४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टीबीच फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेकपा एमाले बागमति प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकता अभियान फेरि अर्को फुटका लागि भएको र सफल नहुने बताउनुभएको हो । ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर एकतामा आउन आह्वान पनि गर्नुभयो । उहाँले आफूलाई वामपन्थी भन्नेहरु कांग्रेसको पिँडुलामा समातेर रुने गरेको तर्क गर्नुभयो । सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने भन्दै उहाँले एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक नरहेको बताउनुभयो ।

ओलीले आफूनेतृत्वको सरकारले कोरोना महामारीका बेला पनि शुसासन कायम गर्न सफल भएपनि अहिलेको एक बर्षको सरकारले मुलुकमा भयानक अवस्था सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले समाजवादको आधार तयार गर्ने अभियानलाई अघि बढाउनका लागि एमालेको बहुमतको सरकार आवश्यक पर्ने धारणा राख्नुभयो । ओलीले आफ्नै पार्टीका कार्यकर्ताहरुले अर्कालाइ भोट दिने प्रवृति देखाउनेले पार्टीबाटै राजीनामा दिनुपर्ने बताउनुभयो । एमाले पार्टी बनाउन, पार्टीको शुद्धीकरण गर्नुपर्न आफुलाई कम्युनिस्ट बनाउँनुपर्ने उहाको भनाइ छ ।

उहाँले सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको भन्दै आगामी मंसिरमा चुनाव हुनैपर्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here