परीक्षा दिन गएका छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै क्याम्पस तोडफोड


४ श्रावण २०७९, बुधबार १२:५१ मा प्रकाशित

हेटौंडा । हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै तोडफोड भएको छ ।

हिजो मंगलबार बिएड दोस्रो वर्षको परिक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले चिट ल्याएको हुनसक्ने भन्दै परिक्षण गर्ने क्रममा भित्र वस्त्रसमेत खोल्न लगाएको भन्दै क्याम्पसमा तोडफोड गरिएको हो ।

विभिन्न विद्यार्थी संगठनसहित पुगेको समूहले यतिबेला क्याम्पसमा नारा लगाइरहेको छ भने क्याम्पस भवनको झ्यालको सिसा फुटाएको छ । आक्रोशित बनेका विद्यार्थी समूहले दुव्र्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै ढुंगा हानेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

परिक्षा दिन पुगेका पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here