फेरि बढ्यो सुनको भाउ सूर्योदय संवाददाता ४ श्रावण २०७९, बुधबार १२:३६ मा प्रकाशित काठमाडौँ । हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।