काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सर्ने खतरा रहेको बताउनु भएको छ ।
एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उहाँले ‘सरकारले चुनाव सार्ने षड्यन्त्र गरे पनि तलमाथि हुन नदिने बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ । भर्खरै स्थानीय तहको निर्वाचन भएको छ । मंसिरमा संघीय संसद्का लागि आमनिर्वाचन र प्रदेश निर्वाचन हुनुपर्छ । विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ ।’
स्थानीय तहको निर्वाचन पनि फागुनमा हुनुपर्नेमा नभएको र एमालेकै दबाबमा वैशाखको अन्तिममा भएको बताउनु भयो ।
ओलीले भन्नुभयो, ‘आगामी चैतमा गर्ने प्रयास गरिरहेका थिए । हाम्रो अगुवाइमा त्यो असंवैधानिक भएकाले सफल हुन दिएनौँ । ढिलो गरेर भए पनि निर्वाचन भयो । राज्यका अंगहरू अपवित्र गठबन्धनको मतियार भएर लागेका छन् ।’
गठबन्धनले देश झगडिया बनाइसकेको आरोप लगाए ।





