पानीमा डुबेर एक बालक सहित दुई जनाको मृत्यु


३ श्रावण २०७९, मंगलवार ११:५८ मा प्रकाशित
बिराटनगर । झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका-५ का पुर्ण बहादुर लिम्बुको २ बर्षीय छोरा ईन्सान लिम्बुको सोमबार दिउँसो घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनिमा अचानक डुबी पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी. अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here