प्रदेश र संघको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई निरन्तरता दिने कांग्रेसलको निर्णय


२ श्रावण २०७९, सोमबार १८:५५ मा प्रकाशित

नेपाली कांग्रेसले आगामी प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका आगामी विर्नाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महत्तले जानकारी दिनुभयो ।

उहाँले नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुने निर्णय गरेको बताउनुभयो ।

बैठकले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेको छ भने संवैधानिक परिषद् लगाएत महत्वपूर्ण कानून बनाउदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुने गरि सरकारले निर्णय लिनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताउनुभयो ।

बैठकले महामन्त्री गगन थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति, आनन्द ढुङ्गानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र श्याम कुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भातृ संघलाई यहि साउन मसान्तभित्र गठन र पूर्णता दिने निर्णय गरेको छ भने आगामी नीति महाधिवेशनका सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here