सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरेपनि इमानदारिताका साथ कार्यान्वयन नगरेको बताउनुभएको हो ।
उहाले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गर्नुभयो । अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्ने बिरुद्ध लड्ने बेला आएको उहाँको भनाई छ ।
विप्लवले देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृति हावी भएको जिकिर गर्नुभयो । उहाले दलाल पूजिँबादका जराहरु फाल्न अन्तिम लडाई हुने तर्क गर्नुभयो । उहाँले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखापरेको धारणा पनि राख्नुभयो ।





