नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार – एस जयशंकर


३२ असार २०७९, शनिबार १५:२१ मा प्रकाशित

काठमाण्डौ । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटवार्तापछि ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै छलफल फलदायी भएको बताउनुभएको छ । उहाँले आर्थिक सहकार्यमा केन्द्रित भएर छलफल भएको पनि जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here