समाजिक अभियन्ता माधव प्रसाद खरेलद्वारा पञ्चरत्न माध्यमिक विद्यालयका बिद्यार्थीलाई ब्याग वितरण


३२ असार २०७९, शनिबार १४:३३ मा प्रकाशित

 भरत प्रसाई । बिर्तामोड नगरपालिका वडा नम्वर २ मा रहेको पञ्चरत्न माध्यमिक विद्यालयमा समाजिक अभियन्ता माधव प्रसाद खरेलले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको छ ।

कक्षा १ देखि ४ सम्मका ७५ जना विद्यार्थीलाई खरेलले आफनो जन्मदिनको अवसर पारेर ब्याग वितरण गर्नु भएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेदनी प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

२०२४ सालमा स्थापना भएको माध्यमिक विद्यालयमा करीव ३ सय विद्यार्थी अध्यनरत छन् । बिद्यालयको भौतिक संरचनाको गुणस्तर र बृद्वी बिकासमा विभिन्न समयमा विभिन्न दाताहरुले खेलेको भुमिका प्रति विद्यालयका प्रधानाध्यापक योगेन्द्र मणि दाहालले प्रशंसा व्यक्त गर्नु भयो ।

प्रधानाध्यापक दाहालले समाजिक उत्तरदात्यि अन्तरगत शिक्षामा समाजसेवी माधव प्रसाद खरेलको सहयोगलाई विद्यालयका विद्यार्थीहरुले सधै सम्झने बताउनु भयो । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलले साना साना भाईबहिनीहरुलाई ब्याग वितरण गरी आफनो जन्मदिन मनाएकोमा प्रशंसा ब्यक्तगर्नु भयो । नगरपालिकाले पनि भौतिक संरचनाको विकास र शिक्षाको निम्ति विभिन्न कार्ययोजना ल्याउन लागेको बताउनु भयो ।

बिर्तामोड नगरपालिकाका वाड नम्वर २ का वडाअध्यक्ष किशोर कुमार पोड्यालले अति विपन्न परिवारका विद्यार्थीहरु पढ्ने विद्यालय लाई छनोटगरी आवश्यक पर्ने आधारभूत बस्तु जुटाई दिएकोमा अभियन्ता माधव प्रसाद खरेलको प्रशंसा गर्दै, नागरीक समुदाय र स्थानीय सरकार एक भएर गुणस्तर शिक्षाको अभियानमा जुट्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले वडा नम्बर २ का वडा सदस्य चेतन बिमली, मानव अधिकारकर्मी झापा जिल्ला शाखाका अध्यक्ष विष्णु खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अभियन्ता खरेलले यस किसिमको अभियानमा  जोडिन पाउँदा आफुलाई खुसी महसुस भएको बताउनु भयो ।
,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here