काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहाेर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहाेर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ।
साथै नकुहिने फोहाेरका लागि सोमबार र शुक्रबारकाे लागि समय तोकेको महानगरपालिकाले जनाएकाे छ ।
तोकिएकाे समय बमोजिम नागरिकले फोहाेर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी सूचनामा भनिएकाे छ ।
महानगरपालिकाले १ महिनाअघि नै सूचना जारी गरेर फोहाेर वर्गीकरण गर्ने विषयमा नगरवासीलाई सचेत र जानकारी गराएको थियो ।
पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहाेर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५ सय जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।





