पार्टीलाई मजबुद बनाउदै अघि बढाउनुपर्ने कांग्रेस सदस्यहरुको धारणा


३० असार २०७९, बिहीबार १८:०५ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा बिहीबार पनि सदस्यहरुले पार्टीलाई मजबुद बनाउदै अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

बिहीबार धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टीलाई बलियो बनाएर निर्वाचनमा जानुपर्ने, भातृसंस्थालाई पूर्णता दिएर क्रियाशिल बनाउनुपर्ने, निर्वाचनमा सफलता हासिल गर्न तालमेलको रणनीति लगाएतका बिषयमा जोड दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बिहीबार परराष्ट्रमन्त्री नारायण खड्काले सरकारको कामकारवाहीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति बलियो भएको बताउनुभएको थियो । उपसभामुखको चयन तथा बिधेयक लगाएतका बिषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केहि दिन लम्विने प्रवक्ता महतले बताउनुभयो ।

बैठकमा कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन र चूनावी तालमेल फरक बिषय भएको भन्दै कांग्रेसलाई सफल बनाउन पार्टीलाई एकतावद्ध गरेर अघि बढाउन सुझाव दिएको बताउनुभयो । पार्टीभित्र असन्तुष्टि जनाउनेलाई पनि साथमा लिएर आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेको उहाँको भनाइ छ ।

बदलिदो अन्तराष्ट्रिय परिस्थीतिका साथै मुलुकको आर्थिक समस्यालाई समाधान गर्नका लागि पनि कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएको निधिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here