नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि


२९ असार २०७९, बुधबार १७:४९ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र १ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय १० जना निको भएका छन् । हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here