प्रधानमन्त्री देउवाद्धारा भानुको शालिकमा माल्यार्पण


२९ असार २०७९, बुधबार ११:५२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् ।

आज बिहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको शालिकमा माल्यार्पण गरेका हुन् । प्रज्ञा प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसंगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here