नेपाल टस हारेर बलिङमा


२७ असार २०७९, सोमबार १६:२३ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यु ग्राउन्डमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्न लागेको हो । आजको खेलमा नेपालबाट बसिर अहमदले डेब्यु गरेका छन् । बसिर एकदिवसीयमा नेपालबाट खेल्ने ३३ औँ खेलाडी हुन् ।

शृङ्खलाको दोस्रो खेलमा नेपालले जुलाई १३ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । त्रिदेशीय शृङ्खलाका लागि नेपाल स्कटल्यान्ड भ्रमणमा गएको हो ।

लिग–२ को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । नामिबिया १५ खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here