मनकामना कलेजमा न्यायिक बहसमा पहुच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


२५ असार २०७९, शनिबार १६:५२ मा प्रकाशित

भरत प्रसाई । बिर्तामोड स्थित मनकामना कलेजमा झापा जिल्ला अदालतको आयोजनामा न्यायिक बहसमा पहुच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजमा अदालत भन्ने मुल उदेश्यले अदालतको न्याय सम्पादन प्रक्रिया र परिचालनको भुमिका सम्बन्धि ज्ञान कलेज स्तरबाटनै होस भन्ने प्रयोजनले कार्यक्रमको आयोजना गरएिको झापा जिल्ला अदालतका न्यायाधिश गणेश पाण्डले बताउनु भयो ।

कानुन विषयका बिद्यार्थीहरले फौजदारी अपराध र दिईने सजाय किन फितलो, नेपालको कानुनमा बलत्कारीलाई फासीको सजाय किन छैन, अदालतमा दर्ताको प्रक्रिया के के हुन भन्ने सम्बन्धमा प्रश्न गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला अदालतका माननीय टिकाराम आचार्यले विद्यार्थीले उठाएका प्रश्नको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा मनकामना कलेजमा प्रमुख प्रेमप्रसाद भटट्राई, सह प्रमुख युवराज दाहाल कलेजका कोडिनेटर, कुमार थपलिया लगायत मनकामना कलेजका विभिन्न संकायमा अध्ययनरत २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै इलाम जिल्लाका न्यायधिश प्रकाश राउतले सविधानले निधारण गरेको न्यायको परिधि भित्र रहेर समाजमा कानुनको निरुपण र प्रतिस्थापनमा अदालतले अहम भुमिका खेलेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here