यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ


२५ असार २०७९, शनिबार १५:५७ मा प्रकाशित

भरत प्रसाई । बिर्तामोडका विभिन्न होटलहरूमा यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् ।
जस मध्ये ८ जना महिला र १ जना पुरष रहेका छन् । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार १ पुरुष निर्दोष भएपछि प्रहरीले रिहा गरेको छ ।

दिनदहाडै यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले शनिवार छापा मारेको हो । अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात जना र सुर्योदय टोलको एउटा घरबाट १ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक होमराज दाहालले जानकारी दिनु भयो । पक्राऊ परेकाहरूको परिचय प्रहरीले खुलाएको छैन ।

उनीहरूलाई आवश्यक सोधपुछ र थप अनुसन्धानका लागि प्रहरीले नियंत्रणमा राखेको छ । प्रहरीले बिर्तामोड एरियाका अन्य होटलरुमा पनि छापा मारिरहेको अनारमनीका डीएसपी रूगम बहादुर कुबरले बताउनुभयो ।

सरोकावालाहरु सँगको अन्तरक्रियाका क्रममा होटलहरूमा यौन क्रियाकलाप बढेको गुनासो आएपछि छापामारीएको उहाँले बताउनु भयो । सुन्दर सामुदायीक प्रहरीसेवा केन्द्रको आयोजनामा बिर्तामोड ४ मा शुसासन शान्ती सुुब्यवस्था कायम गर्न र अर्मयादीत कृर्याकलापलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनी सम्बन्धित सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सोही क्रममा आएका गुनासाका आधारमा अन्य होटलमा समेत छापा मार्ने योजना प्रहरीले बनाएको जनाईएको छ । साथै उनीहरुबाट लागु औषतकारुपमा प्रयोग गरीने विभिन्न ट्यावलेट पनि बरामत गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here