ब्राउनसुगर सहित एक जना पक्राउ


२५ असार २०७९, शनिबार ११:२८ मा प्रकाशित

झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।

हिजो बेलुका साढे ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here