सुनको सिक्री घाँटीबाट थुती भाग्ने पक्राउ


२५ असार २०७९, शनिबार ११:१७ मा प्रकाशित

झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here