काठमाडौँ । पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
बिहीबार काठमाडौंको प्रज्ञा भवनमा बसेको बैठकले पोलिटब्युरो १५६ जनाको पोलिटब्युरो गठन गरेको हो । बैठकले स्थायी कमिटी ४१ जनाको गठन गरेको र अहिले १५ जनाको नामावली पेश भएको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।
बैठकले पदाधिकारी चयनका बारेमा छलफल गर्दै उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्ण बहादुर महरालाई चयन गरेको उहाले बताउनुभयो । अन्य पदाधिकारीको केहिदिनमा नै टुङ्गो लाग्ने महराले बताउनुभयो । बैठकले अध्यक्ष प्रचण्ड प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि जवाफ दिएको र बिभिन्न समसामायिक प्रस्ताव पारित गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी नेता गिरिराजमणी पोखरेलले स्थानीय चूनावले गर्दा पार्टीको बिभिन्न कमिटी गठन गर्न केहि ढिलाई भएको बताउनुभयो ।
बैठकमा प्रचण्डले केहि दिनभित्रै पदाधिकारी टुङ्गो लगाउने बताउनुभएको थियो ।





