मंसिर २ मा चुनाव गर्न आयोगको सिफारिस


२२ असार २०७९, बुधबार १८:१९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते गर्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा एकै दिन गर्न सुझाव दिएको हो ।

आयोग पदाधिकारीले निर्वाचनको तयारीका लागि चाहिने १ सय २० दिनको समय छुट्ट्याएर ढिला नगरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

निर्वाचनको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग बढाउँदै जानुपर्ने सुझाव पनि सरकारलाई दिएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरुमा र वि.सं.२०७१ सालको संविधानसभा उपनिर्वाचनमा पाँचवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको आयोगले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here