काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।
आज प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो ।
उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।
‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले राजीनामा गरेको छैन । तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयो ।





