काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्टीकर हस्तान्तरण गरेको छ ।
बुधबार ट्राफिक प्रहरी कार्यालयमा संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीलाई जनसचेतनामुलक स्टीकर हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोशीले यातायात व्यवसायीहरुसंगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा स्टीकर टाँसिने बताउनुभयो । उहाँले अहिले लेन थपेर मात्रै ट्राफिक समस्या समाधान नहुने भन्दै जनचेतना आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै श्रीमती संघकी अध्यक्ष सिंहले यौन तथा महिला हिंसा अन्त्य गर्न प्रहरीले गरेको काममा श्रीमती संघले पनि सहकार्य गर्न खोजेको बताउनुभयो ।
स्टीकर हस्तान्तरण संगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाटै सवारी साधानमा महिला हिंसा सम्बन्धी जनसचेतनामुलक स्टीकर टाँस्न सुरु गरेको छ ।





