बागमतीमा मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद


२१ असार २०७९, मंगलवार १८:०९ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहनु हुने भएको छ ।
सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।

स्थानीय चुनाव लगत्तै सरकार छाड्ने गरी सुरुमा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बनाईएको थियो ।
चुनावपछि कांग्रेसले सहमति कार्यान्वयनको माग गर्यो । तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन दिनुस भनेपछि आफूले मानेको बानियाँ बनाउनु हुन्छ ।, ‘बजेट ल्याउन दिनुहोस भनेपछि एक महिनाका लागि हार्दिकतापूर्वक ओके भनेको हुँ ।’

बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाव दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन नै गरे । एकीकृत समाजवादीमा समेत हस्ताक्षर संकलन गर्ने सहमति भएको भन्दै बानियाँ भन्नु हुन्छ ‘मुख्यमन्त्रीलाई हटाउने मनसायले वा उहाँले हट्न नमानेर होइन, सहमतिमै हस्ताक्षर संकलन गरेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here